६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्कटल्याण्डद्धारा बंगलादेश पराजित


0
Shares

एजेन्सी । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको प्रारम्भिक समूहका खेलहरु हिजोबाट सुरु भएका छन् । पहिलो दिनको खेलहरुमा स्कटल्याण्ड र ओमान विजयी भए ।

ओमनको अल अमेरात मैदानमा भएको खेलमा स्कटल्याण्डले टेष्ट मान्यता प्राप्त टोली बंगलादेशलाई ६ रनले हरायो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनायो ।

उसका लागि क्रिश ग्रिएभेसले सर्वाधिक ४५ रन बनाए । बंगलदोशका मेहेदी हसनले ३ विकेट लिए । जवाफमा १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्रै बनाउन सक्यो । उसका लागि मुस्फीकर रहिमले ३८ रन जोडे ।

हिजै भएको पहिलो खेलमा ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको छ । खेलमा पपुवा न्युगीनीले दिएको १ सय ३० रनको सामान्य चुनौती ओमनले १३ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा ग¥यो ।

ओमनका जितेन्दर सिंहले ७३ रन तथा अकिब इल्यासले ५० रन जोडे । विश्वकप टी ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइएको छ ।

दुबै समूहका शीर्ष दुई गरी चार टिम विश्वकपको मुख्य स्पर्धामा प्रवेश गर्नेछन् । विश्वकप टि ट्वन्टी क्रिकेटको यो संस्करण युएई र ओमनले संयुक्तरुपले आयोजना गरिरहेका छन् ।