२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम विजयी


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिगमा गएराति दुई लण्डन क्लबहरु टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् ।

टोटनह्यामले न्युकासल युनाइटेडलाई उसैको मैदानमा ३–२ ले पराजित ग¥यो । टोटनह्यामको जितमा दोम्बेले, ह्यारी केन र ह्युङ मिन सनले एक एक गोल गरे ।

न्युकासलका क्यालुम विल्सनले एक गोल गर्दा टोटनह्यामकै एरिक डायरले एक आत्माघाति गोल गरेका थिए ।

खेलको ८३ औं मिनेटमा जोन्जे शेल्भेले रातो कार्ड खाएपछि न्युकासल युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले एभर्टनलाई १–० ले हरायो । वेष्ट ह्यामको लागि एंगेलो ओग्बोनाले ७४ औ मिनेटमा गरेको गोल निर्णायक भयो ।