१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्पेनिस लिगमा बार्सिलोना विजयी


0
Shares

एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोनाले भ्यालेन्सीयालाई ३–१ ले हराएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन फाति भिएरा, मेम्फीस डिपे र फिलिप कौटिन्होले एक एक गोल गरे । भ्यालेन्सीयाका होजे गायाले सुरुवाती गोल गरेका थिए ।

यही खेलमार्फत बार्सिलोनाका अर्जेन्टाइनी खेलाडी सर्जियो अगुएरोले डेब्यु गरेका छन् । अगुएरो यसै सिजन इंग्लीश क्लब म्यान्चेस्टर सिटीबाट स्पेनको बार्सिलोना गएका हुन् ।

ला लिगाकै अन्य खेलहरुमा सेभियाले सेल्टा भिगोलाई १–० ले हराउँदा ओसासुनाले भियारियाललाई तथा रायो भायकानोले एल्चेलाई २–१ ले हराएका छन् ।

स्पेनिस लिगको तालिकामा ९ खेलबाट २० अंक जोडेको रियाल सोसिडाड शिर्ष स्थानमा छ । एक खेल कम खेलेका रियाल मड्रिड, सेभिया र एथ्लेटिको मड्रिडको समान १७ अंक भएको छ ।