७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एमालेको वडा अधिवेशन शनिबार सुरु हुँदै, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही कात्तिक ६ गते वडाहरुको अधिवेशन शनिबारदेखि सुरु गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उहाँले जमनकारी दिनुभयो ।

यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने एमालेले जनाएको छ ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।