
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो । बैठकले सरकारको काम कारबाहीको समिक्षा गर्ने बताईएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने प्रस्ताव राख्नुभएको छ । माओवादी केन्द्र अर्ली इलेक्सनको विपक्षमा छ । तर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा भने संभव भए संघिय संसदको अर्ली इलेक्सन, नभए तीनै तहको चुनाव एकसाथ गर्ने सोचमा हुनुहुन्छ ।
केन्द्रको सत्ता गठबन्धनको संयन्त्रलाई वडा तहसम्म लैजानेबारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषय समेत एजेण्डा छन् । माओवादीले अन्य वामपन्थी पार्टीहरुसँग पनि एकताको पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्