१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिरासतमा भएका मृत्युबारे छानविन गर्न समिति गठन


0
Shares

काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाबारे अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको हो ।

समितिले असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्ने गृह मन्त्रालयले जनाएको छ ।

कारागार र प्रहरी हिरासतमा रहेका व्यक्तीहरुको मृत्युको घटना बढेसँगै प्रहरी प्रशसनमाथि दबाब पनि बढेको थियो ।