
web pic
नुवाकाेट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको काउलेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।
घाइतेलाई उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्