
काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको विकास पनि महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।
प्रथम सुनौलो आशा युवाकप खुल्ला फुटबल प्रतियोगिता २०७८ को समापन समारोहलाई सम्बोधन गर्दै बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको महत्वपूर्ण आधार भएको बताउनुभएको हो ।
आधुनिक विश्वमा खेलकुदको विकासलाई मुलुकको समग्र विकासको सूचकका रुपमा लिन थालेको भन्दै बस्नेतले मुलुकको विकासका लागि खेलकुद महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
राज्यले खेलकुदको विकासमा उचित ध्यान दिन नसकेको भन्दै पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले खेलकुदको माध्यमबाट समाजलाई अनुशासित र युवावर्गलाई स्वस्थ राख्न सकिने धारणा राख्नुभयो ।
सिन्धुपाल्चोकको लिसंखुपाखरस्थित लामाचौर खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि लोखार डांडा सेवा समाजले जितेको छ ।
१८ टिम सहभागि रहेको प्रतियोगिताको द्धितिय स्थान खाँडीचौर व्याइज क्लवले हासिल गर्न सफल रह्यो । प्रथम टिमले नगद रु.१ लाखसहित कप र ट्रफि तथा द्धितिय स्थान हासिल गर्ने टिमले नगद रु ५० हजारसहित कप र ट्रफि प्राप्त गरे ।
प्रतियोगिलाई अन्नपूर्ण हिमालयन कार्पेट प्रा।लीले मुख्य प्रायोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्