
तस्बिर फाइल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलनको बारेमा छलफल भएको छ ।
सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेशदेखि स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण एवं विभागहरू गठनका विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको भए पनि निष्कर्षमा नपुगिएको प्रवक्ता महराको भनाइ छ । स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने पनि उहाँले बताउनुभयो ।
पार्टीको अर्को बैठक भोलि विहान ८ बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्