२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नुवाकोटमा बस दुर्घटना अपडेट : ६ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो


0
Shares

सुजित भण्डारी
नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिका–५ मनकामनाको मानेगाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

किस्पाङ गाँउपालिकाको भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना भएको हो । सबै घाइतेहरूलाई त्रिशुली अस्पताल नुवाकोटमा ल्याइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते छ जनालाई दुई ओटा हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अझै केहीको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं लैजानुपर्ने त्रिशुली अस्पतालले जनाएको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढि यात्रु बोकेको बस नियन्त्रण गुमाउँदा भित्तामा ठोकिन पुगेको हो । बसमा ४२ जना यात्रु रहेको बताइएको छ ।

सम्बन्धित समाचार
नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते