१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशमा चल्ने सवारीको भाडा बढ्यो, आजदेखि चढ्ने बित्तिकै १८ रुपैयाँ


0
Shares

काठमाडौं । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा आज(सोमबार)बाट २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो ।

करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेपछि बागमती प्रदेशका यातायात व्यवसायीले आन्दोलन गरेका थिए । २०६३ सालदेखि जारी आन्दोलनको सुनुवाइ २०७८ मा भएको छ । ७३ रुपैयाँ प्रतिलिटर मूल्य हुँदा तोकिएको भाडा पेट्रोल प्रतिलिटर ११० हुँदा मात्र बढेको हो ।

दशैंअघि नै भाडा वृद्धि गर्ने निर्णय भए पनि दशैंको बेला गाउँ जानेहरूलाई समस्या पर्ने भन्दै कात्तिक १ गतेदेखि मात्र लागू गरिएको प्रदेशको भौतिक पूर्वाधारा विकास मन्त्रालयले जनाएको छ ।

पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैया भाडा तोकिएको छ । पहिले गाडी चढेर नजिकै झर्दा १५ रुपैयाँ भाडा थियो । भने, अब डिलक्स बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिने छन् । नयाँ भाडादर अनुसार अब ०–५ किलोमिटरको भाडा १८ रुपैयाँ तोकिएको छ ।

०–१० किलोमिटरको २३, ०–१५ किलोमिटरको २७ ०–२० किलोमिटरको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।