
फाइल तस्वीर
सुर्खेत । धानबाली भित्र्याउने बेला पानी परेपछि सुर्खेतका कृषक चिन्तित भएका छन् । दशैं सकिएलगत्तै धान काट्ने योजना बनाएका कृषकलाई समस्यामा परेका हुन् ।
दशैंको बेला धान पाक्ने समय हुने र गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर, दुई दिनदेखि पानी परेपछि टीका सकिएलगत्तै धान काट्ने कृषकको योजना पूरा हुन पाएन ।
कतिपय ठाउँमा काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ । काटेको धान पानी पानीले भिज्दा वर्षभरी खानसमेत समस्या हुने उनीहरूको गुनासो छ ।
मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्