
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एकताबद्ध एमाले आजको आवश्यकता भएको बताउनुभएको छ ।
पुष्पलाल मोतीदेवी स्मृति भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले पुष्पलालले सोचेको जस्तै एकताबद्ध, सिद्धान्तनिष्ठ, विधि र गुटबन्दी रहित एमाले बनाउन आवश्यक भएको बताउनुभयो ।
पार्टी फुट्नु दुर्भाग्य भएको बताउँदै उहाँले लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो स्वार्थका लागि भन्दा पनि देश र जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा उहाँले ४ गते विश्वासको मत लिएर अघि बढ्ने तयारीमा रहेको स्पष्ट पार्नुभयो । ‘४ गते विश्वासको मत लिन्छु,’ उहाँले भन्नुभयो, ‘मतदानबाट के परिणाम आउँछ त्यसलाई स्वीकारेर अघि बढ्छौं ।’
बहुमत प्राप्त पार्टीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्नुभएकी शाक्यले एमाले फुटेसँगै विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्