
सुजित भण्डारी
नुवाकोट । किस्पाङ गाउँपालिका–५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते मध्ये ९ जनाको काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको छ । बसमा झन्डै ५० भन्दा बढी यात्रु रहेका थिए ।
किस्पाङ गाँउपालिका–१ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो । बस दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । क्षमता भन्दा अत्यधिक बढि यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्