२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न रुसमा बैठक


0
Shares

एजेन्सी । अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न रुसले महत्वपूर्ण बैठक आह्वान गरेको छ ।

यही अक्टोबर २० का लागि बोलाइएको बैठकमा रुसले अमेरिका, चीन, पाकिस्तान, र तालिवानी प्रतिनिधिलाई समेत अनुरोध गरेको छ ।

यद्यपि अमेरिकाले भने बैठकमा सहभागी हुन अस्वीकार गरेको छ । रुसमा हुन लागेको मस्को फर्मेट बैठकमा सहभगाी नहुने जनाउँदै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले अफगानिस्तानको अवस्थाबारे अमेरिका चिन्तित रहेपनि बैठकमा सामेल नहुने स्पष्ट पार्नु भएको छ ।

गत अगष्टमा तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि हुन लागेको यो पहिलो विश्वस्तरीय बैठक हो ।

जसमा मुख्य एजेण्डा अफगानिस्तानको मानवीय र आर्थिक संकट हुनेछ ।