
फाइल फाेटाे
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
यसअघि हिजो बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो । थप छलफल गर्नु पर्ने भएकाले आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बैठक माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
आज पनि बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने जनाइएको छ । हिजोको बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण तथा पार्टीको विभाग गठन गर्ने विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्