
बागलुङ । कोरोना महामारीको दोस्रो लहरअघि धौलागिरी यातायात व्यवस्था कार्यालय बागलुङमा दुई पाङ्गे्र सवारी चालक अनुमति पत्रका लागि तीन हजार ५ सय जनाको आवेदन परेको थियो ।
निषेधाज्ञाका कारण आवेदन स्वीकृत भएर रोकिएका आवेदकहरुको परीक्षा सञ्चालन गर्न थालिएको छ । यातायात व्यवस्था कार्यालयलाई आवेदनको परीक्षा लिन अहिले हम्मेहम्मे परिरहेको छ ।
कोरोनाका कारण लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिन नसक्दा अनलाइनमार्फत स्वीकृत भएका आवेदन, कार्यालयमा सम्पर्क गर्न नआएका, डिजिटल फोटो खिच्न नपाएका र लिखित परीक्षा पास भएर ट्रायल परीक्षा दिन नपाएका तीन हजार ५ सय परीक्षार्थी रहेको धौलागिरि यातायात व्यवस्था कार्यालय बागलुङका सवारी चालक अनुमति पत्र शाखाका प्रमुख श्यामकुमार थापाले बताउनुभयो ।
परीक्षार्थीलाई दसैंलगत्तै नियमित परीक्षामा सहभागी गराइने र यस अवधीमा नयाँ आवेदनलाई समेत अगाडि बढाइने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्