
चितवन । बोलेरो गाडीले ठक्कर दिँदा चितवनमा भाले चित्तलको मृत्यु भएको छ ।
विहान पूर्व पश्चिम राजमार्गको टिकौली जंगलमा बोलेरोले करिव दुई वर्ष उमेरको चित्तललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर र रत्नगर जोड्ने पूर्व पश्चिम राजमार्ग समेत रहेको यो खण्डमा पटक–पटक गाडीको ठक्करबाट चित्तल तथा हरिणहरूको मृत्यु भइरहेको छ ।
वन्यजन्तु वारपार गर्ने अण्डर पास वा ओभरव्रिज नहुँदा दुर्घटना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्