
काठमाडौं । एभरेष्ट बैंक स्थापनाको २७ वर्ष पुगेको छ । बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युतीय शव दाह उपकरण सहयोग गर्ने भएको छ ।
बैंकले ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी गरेको छ । सम्झौतापत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट गरिएको थियो ।
यसै अवसरमा बैंकले मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर पनि सञ्चालन गर्नुका साथै २५ वर्षभन्दा बढी सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो ।
बैंकका हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका तथा देशैभरि छरिएर रहेका आफ्ना १ सय ५ शाखा सञ्जाल, १ सय ३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस् बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्