
काभ्रे । जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ । २०७७ फागुन ६ गते देखि सुरु भएको अभियान कोरोनाका कारण ढिला गरी सम्पन्न भएको हो ।
पालिकास्तरको अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा भने छुट भएका र नयाँ नागरिकता लिएकाहरूको विवरण निरन्तर भरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । काभ्रेमा हालसम्म २ लाख ८ हजार ८ सय २९ जनाले विवरण भरेका छन् ।
जिल्लामा २ लाख ७२ हजार ३ सय १२ जना मतदाता रहेकोमा १ लाख ९० हजार ८ सय ८८ जनाले विवरण भर्ने अनुमान गरिएको थियो । प्रशासन कार्यालयले लक्ष्य लिए अनुसार अधिकांश पालिकामा पुरा भए पनि सबै भन्दा कम चौरीदेउराली गाउँपालिकामा ६४ प्रतिशत मात्रै विवरण भरेको जनाइएको छ ।
ग्रामीण क्षेत्रका अधिकांश मानिस शहरी क्षेत्रमा रहेकाले विवरण भर्नेको संख्यामा कमी देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्