२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधिसभाको बैठक दुई दिन पछि सर्‍याे


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिन पछि सरेको छ ।

संघीय संसदको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै कार्तिक ९ गते बोलाएको बैठक कार्तिक ११ गते दिउँसो २ बजेका लागि तोकिएको जानकारी दिनुभयो ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले बैठक दुई दिन पछि सार्न निर्देशन दिएपछि सारिएको बताउनुभयो । विज्ञप्तिमा कार्तिक ९ गते बैठक बस्न नसक्ने जनाइए पनि उपयुक्त कारण भने खुलाइएको छैन ।

यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राख्नुभएको छ ।