बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपतकालीन बैठकले विपदबाट प्रभावित परिवारलाई जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्दार गर्नका लागि २५ करोड रकम विनियोजन गरेको हो ।
शनिबार रातिदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानविय तथा भौतिक क्षति पुगेको छ । पहिरोमा परी प्रदेशको डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको थियो ।
प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५–२५ लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्