१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले थप २० लाख डोज कोभिडविरुद्धको खोप दिने

परराष्ट्रमन्त्रीलाई चीन भ्रमणको निम्तो

0
Shares

काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन वार्तामा राजदूत यीले उक्त घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, व्यापार र विकास र सीमा व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राजदूत यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको पनि मन्त्रालयले जनाएको छ ।