
एजेन्सी । स्कटल्याण्ड विश्वकप टी–ट्वान्टी क्रिकेटको सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको छ । क्वालिफयार राउण्डमा लगातार दुई जितसहित स्कटल्याण्ड सुपर टुवेल्भमा पुग्ने पहिलो टिम बनेको हो ।
पहिलो खेलमा बंगलादेशलाई हराएको स्कटल्याण्डले दोस्रो खेलमा हिजो पपुवा न्यूगिनीलाई १७ रनले पराजित ग¥यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै स्कटल्याण्डले ९ विकेटको क्षतिमा १ सय ६५ रन बनायो ।
जवाफमा पपुवा न्यूगिनीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४८ रनमात्र बनाउन सक्यो । पहिलो खेलमा ओमानसँग पराजित भएको पपुवा न्यूगिनी लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
हिजोको दोस्रो खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको छ । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो ।
यो जितसँगै बंगलादेशले विश्वकपको मुख्य प्रतिस्पर्धामा छनौट हुने संभावना जिवित राखेको छ । पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो । विश्वकपमा आज पनि दुई खेल हुनेछन् । आज नामिबियाले नेदरल्याण्ड्सको सामना गर्दा श्रीलंका र आयरल्याण्ड भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्