१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगर विमानस्थल जलमग्न, आजका लागि तय भएका उडानहरु रद्द हुने


13
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले मोरङको विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा विमानस्थल क्षेत्रमा बाढी पसेको हो ।

विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वे जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार आज बिहानबाट विमानस्थलमा बाढीको पानी पसेको हो । विमानस्थल जलमग्न भएपछि आजका लागि तय गरिएका उडानहरु प्रभावित हुने भएका छन् । वि.सं. २०७४ सालमा आएको बाढी पस्दा विमानस्थल एक साताभन्दा बढी समय बन्द गर्नुपरेको थियो ।