२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिरियामा सैनिक सवार बसमा बम विस्फोट हुँदा १३ सैनिकको मृत्यु


0
Shares

एजेन्सी । सिरियाको राजधानी दमास्कसमा भएका बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ ।

दमास्कसको मध्य भागमा आज सडक छेउमा ती विस्फोट भएका थिए । मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ ।

हफेज अल असद पुलमा सैनिक सवार बस विस्फोटमा परेको र लगत्तै बसमा आगलागी भएको थियो । विस्फोटपछि तेस्रो बमलाई सेनाको इन्जिनियरिङ टोलीले निष्क्रिय पारेको थियो ।