१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरमा पहिरोका कारण ७ जनाको मृत्यु, दुई जना बेपत्ता

जितेन्द्र भण्डारी

0
Shares

जितेन्द्र भण्डारी
पाँचथर । वर्षाका कारण पाँचथरमा विभिन्न ठाँउमा गएको पहिरोले सात जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।

पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका भएका छन् भने टेलिफोन सेवा अवरुद्ध हुँदा विभिन्न ठाँउमा भएको क्षतिको विवरण आउन सकेको छैन ।

पहिरोले मेची राजमार्गका विभिन्न ठाँउमा अवरोध भएका छन् । राजमार्ग खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा फिदिम–४ का ममता मगर र रोयन मगर, कुम्मायकको माङ्जावुङकाी ४० वर्षीय डम्बरकुमारी शेर्मा, मिक्लाजुङ–४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै मिक्लाजुङ–५ मा एकजनाको मृत्यु भएको छ । फाल्गुनन्द ४ पनि थप एक जनाको मृत्यु भएको प्रहरी जनाएको छ । उनीहरूको सनाखत हुन सकेको छैन । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।

मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।