
कैलाली । जिल्लामा माछा मार्न गएका तीन जना २ दिनपछि सकुशल भेटिएका छन् ।
कार्तिक १ गते दिउँसो ४ बजे माछा मार्न कर्णाली नदीमा गएका उनीहरू सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका उनीहरूलाई कर्णाली नदीको लालमटिया टापुमा शकुशल फेला पारिएको प्रहरीले जनाएको छ ।
कैलालीका लम्कीचुहा– ३ ढुङ्गे बजारका खडकबहादुर घर्ति मगर, विक्रम घर्तीमगर र खडक मगरलाई स्थानीयले टापुमा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनुभयो ।
खोजीका लागि गएको स्थानीय र्याफ्टिङ टोलीले उनीहरूलाई फेला पारेको भए पनि सुरक्षित स्थानमा भने ल्याउन सकेका थिएनन् ।
सम्बन्धित समाचार
कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता
प्रतिक्रिया दिनुहोस्