१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो


0
Shares

काठमाडौं । नेपालमा नयाँ आइफोन–१३ का मोडलहरूको प्रि–बुकिङ खुलेको छ । अक्टोबर १३ देखि बजारमा आइफोन–१३ का मोडलहरूका प्रि–बुकिङ सुरु भएको एप्पलको नेपालका लागि आधिकारिक वितरक इभोलुसन ट्रेडिङले जनाएको छ ।

ट्रेडिङका अनुसार नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरू भित्रिएका छन् । जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ मिनी, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो, साथै १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो म्याक्स छ ।

यी नयाँ आइफोन–१३ का मोडलको मूल्य पनि तोकिसकेको छ । १२८ जिबीको आइफोन–१३ को मूल्य एक लाख ३७ हजार ९ सय रुपैयाँ छ । २५६ जिबीको आइफोन–१३ को मूल्य एक लाख ५४ हजार ९ सय रुपैयाँ र ५१२ जिबीको आइफोन–१३ को मूल्य एक लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

यसैगरी १२८ जिबीको आइफोन–१३ मिनीको मूल्य एक लाख २० हजार ९ सय रुपैयाँ र २५६ जिबीको मोडलको मूल्य एक लाख ३७ हजार ९ सय रुपैयाँ छ । प्रिमियम मोडलमा पर्ने आइफोन–१३ प्रोको १२८ जिबी भएको मोडलको मूल्य एक लाख ७४ हजार ९ सय रुपैयाँ र २५६ जिबी भएको मोडलको मूल्य भने एक लाख ८९ हजार ९ सय रुपैयाँ छ।

साथै १२८ जिबीको आइफोन–१३ प्रो म्याक्सको मूल्यपनि एक लाख ८९ हजार ९ सय रुपैयाँ छ। २५६ जिबी भएको आइफोन–१३ प्रो म्याक्सको मूल्य भने सबैभन्दा महँगो छ, जसमा यो मोडलको मूल्य दुई लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ ।