
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे एक हप्ताभित्रै सरकार ढाल्न सक्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले तर, आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।
बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उहाँले भन्नु भयो, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ । एमालेले ढाल्दिउँ भन्ने हो भने । यस्तै–यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिन भित्र ढाल्दिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि !’
उहाँले थप्नुभयो, ‘तर, हाम्रो अभिष्ट चाँही सरकार बनाउने होइन । हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौं । हामी सरकार बनाउने कुरा गरिराखेका छौं भन्दा देश बनाउनका लागि । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउछौं ।’
प्रतिक्रिया दिनुहोस्