१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


च्याम्पियन्स लिग : चेल्सी र युनाइटेड विजयी, बार्सिलोनाकाे पहिलो जित


0
Shares

एजेन्सी । इंग्लीश क्लबहरु चेल्सी र म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा गएराति जित हात पारेका छन् । लण्डन क्लब चेल्सीले आफ्ने मैदानमा भएको खेलमा स्विडेनको माल्मो फुटबल क्लबलाई ४–० ले हराएको छ ।

यो खेलमा चेल्सीका दुई स्ट्राइकरहरु रोमेलु लुकाकु र टिमो वेर्नर घाइते भएका छन् । अर्को इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेडले इटालीको एटलान्टालाई ३–२ ले पराजित ग¥यो ।

उता स्पेनिस क्लब बार्सिलोनाले जारी सिजनको च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ । यसअघिका दुई खेल हारेको बार्सिलानाले गएराति युक्रेनको डाइनामो किभलाई १–० ले हरायो ।

यही समूहको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले पोर्चुगलको बेनिफीकालाई उसैको मैदानमा ४–० ले पराजित ग¥यो । गएरातिका अन्य खेलहरुमा इटालीको युभेन्टसले रुसको जेनिथलाई १–० ले हराउँदा स्पेनको भियारियालले स्विटजरल्याण्ड्को योङ ब्वाइजलाई ४–१ ले पाखा लगायो ।