
काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज दिउसो बस्दैछ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनको विषयमा छलफल गर्न केन्द्रमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार आजको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेका छन् ।
गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो । आजको बैठकमा उहाँले विश्वासको मत लिने कार्यतालिका छ ।
तर हिजोमात्रै नेकपा एमालेले आफुलाई केही समय चाहिएको भन्दै प्रदेश सभाको बैठक सार्न आग्रह गरेको छ । आज बैठक बसेको खण्डमा एमाले उपस्थित हुन्छ वा हुँदैन भन्नेमा अन्योल छ । एमालेले पार्टीको वडा तथा पालिका अधिवेशनलाई कारण देखाउँदै आजको प्रदेशसभा बैठक पछि सार्न आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्