
स्याङ्जा । पहिरोले सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालु पहाडमा ढुंगासहित खसेको पहिरोले आज विहान साढे ३ बजेदेखि राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको हो ।
पुतलीबजार नगरपालिका, फेदिखोला गाउँपालिका र सडक विभागसँगको सहकार्यमा राजमार्ग खुलाउने पहल भइरहेको र सडक सुचारू हुन केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन रोकिएका छन् । सडक खुल्न अझै दुई घण्टा लाग्ने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्