
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित सुदूरपश्चिमको अवस्था अवलोकन गर्न जानु भएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जानु भएका प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्नु हुने छ ।
यस्तै डडेल्धुराको जोगबुढा र कञ्चनपुरको दोधारा–चाँदनीको अवस्था पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ । आज साँझ धनगढीमा बसेर उहाँ भोली काठमाडौ फर्कनु हुने छ ।
प्रतिक्रिया दिनुहोस्