२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुई घण्टा सारियो बागमती प्रदेशसभा बैठक


0
Shares

हेटौंडा । सत्तारुढ नेकपा (एमाले)ले सहभागी नहुने भएपछि बागमती प्रदेशसभाको बैठक दुई घण्टाको लागि सारिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । पार्टीको अधिवेशनका कारण प्रदेशसभा बैठक सार्न एमालेले आग्रह गरेको थियो ।

तर, विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो । एमाले सहभागी नहुने भएसँगै आजै मतदान हुने सम्भावना कम छ ।

एमालेले सरकारको आयु केही दिन लम्ब्याउन खोजेकाले बैठक सार्न भनेको विपक्षी दलहरूको आरोप छ । बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा हुनुहुन्छ ।