१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्ल्डलिंकले बुझायाे सबैभन्दा बढी रोयल्टी, सेवा प्रदायकले तिरे ३ अर्ब ५३ कराेड


0
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा बढी रोयल्टी वर्ल्डलिंक कम्युनिकेसनले बुझाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी रोयल्टी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले बुझाएको हो ।

कम्पनीले एक वर्षको अवधिमा ११ करोड ८२ लाख २५ हजार रुपैयाँ रोयल्टी बुझाएको छ । दोस्रो स्थानमा सुविसु कम्पनी रहेको छ । उसले ५ करोड ७० लाख १४ हजार २ सय १४ रुपैयाँ रोयल्टी तिरेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

देशभर रहेका ८४ वटा इन्टरनेट सेवा प्रदायकहरूको तर्फबाट गत आर्थिक वर्षमा सरकारलाई ३ अर्ब ५३ करोड १२ लाख २६ हजार ७ सय ४० रुपैयाँ रोयल्टी तिरेका छन् । यसमा नेपाल टेलिकम र एनसेलको फाइबर तथा डेटा सेवा पनि पर्छन् ।

मोबाइल सेवा विस्तार गरेको टेलिकम र एनसेलले सबैभन्दा बढी रोयल्टी तिरे पनि इन्टरनेट सेवा मात्र दिइरहेका कम्पनीहरूमध्ये सबैभन्दा बढी रोयल्टी वर्ल्डलिंकले तिरेको हो । नेपाल टेलिकमले १ अर्ब ३८ करोड ९३ लाख ३३ हजार र एनसेलले १ अर्ब ८७ लाख ७ लाख ३५ हजार रुपैयाँ रोयल्टी तिरेको छ ।