१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशसभा सुरु हुँदै, मुख्यमन्त्री र एमाले सांसद् बैठकस्थलमा प्रवेश


0
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक केहीबेरमा सुरु हुँदैछ ।

सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।

दिउँसो १ बजेको बैठकमा उपस्थित नहुने बताएका एमाले सांसदहरु अहिले बस्न लागेको बैठकमा भने सहभागी हुँदैछन् । जसका लागि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहितका एमाले सांसदहरु बैठकस्थलमा प्रवेश गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदैछ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले सत्ता लम्ब्याउनका लागि बैठक सार्न खोजेको आरोप लगाएको छ ।‍