१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव भेटियो


0
Shares

प्यूठान । बुधबार विहान अरङखोलामा बगाएर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

माण्डवी गाउँपालिका–४ आँपचौरका दुई वर्षीय दिनेश कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता, प्रहरी निरिक्षक देवीप्रसाद गैरेले बताउनुभयो ।

शव त्रिवेणीधाम बगरमा स्थानीयले फेला पारेका थिए । एकजना अझै बेपत्ता छन् । स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।