
काठमाडौं । सिभिल बैंकका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाकारी दियो । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भैरहेको छ । उनीमाथि ११२६ वटा जाहेरी र ४ अर्ब ६१ करोड बिगो दाबी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि पक्राउ गरेको थियो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्