
काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भई वर्षा हुने छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
यसैगरी आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन भनेको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिनभर र राती मौसम बदली रहने छ । मौसममा सुधार आएर घाम लाग्न आगामी सोमबारसम्म पर्खनुपर्ने पनि महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्