१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आयो


0
Shares

पाँचथर । पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ ।

बिहिबार बेलुकाबाट ताप्लेजुङ—पाँचथर— फिदिम— राँकेसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिनुभयो ।

पाँचथरदेखि इलामको रक्सेसम्म्मको सडकमा भएको अवरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अवरोध हटेसँगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।

बाटो अवरुद्ध हुँदा मंगलावर रातीदेखि यात्रुहरु बिचबाटोमा रोकिएका थिए । उता तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न सडकहरु अझै अवरुद्ध छन् ।