
संखुवासभा । जिल्लामा एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।
मकालु बेसक्याप पुगेर फर्कने क्रममा इलामको सूर्योदय नगरपालिका अन्तुका ३२ वर्षीय धरणीधर घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घिमिरेसहित ७ जना एक हप्ता अघि मकालु बेसक्याम्पतर्फ घुम्न गएका थिए । मकालु बेसक्याप पुगेर फर्कने क्रममा याङ्ले खर्कमा उनको मृत्यु भएको हो ।
पर्यटकीय क्षेत्र भएकाले सयाैं विदेशी र स्वदेशी मकालु हिमाल आरोहण र मकालु बेसक्याम्म पुगेर फर्कने गरेका छन् । ४ हजार २ सय उचाइमा रहेको मकालु बेसक्याम्प खाँदबारीबाट ५ दिनमा पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्