
सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषकहरुलाई क्षतिपूर्ति दिने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषदको शुक्रबार बसेको बैठकले कृषकहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाढी–पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुर्घटना बीमा वापतको रकम तत्काल उपलब्ध गराउने बताउनुभयो । सरकारले बीमावापत २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्मा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउने, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारको मर्मत सम्भार गरी तत्काल सुचारु गर्ने निर्णय बैठकले गरेको छ ।
पूर्ण रूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माणमा जोड दिने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्