
खिलनाथ ताजपुरिया
काठमाडौं । गत असोज १५ देखि १७ गते सम्पन्न एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गते बुटवलमा आयोजना गर्ने बताउनुभयो ।
तर, विधान महाधिवेशनपछि चितवनमा महाधिवेशन गर्नुपर्ने आवाज उठेपछि अन्ततः एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को गृहजिल्ला पर्ने गरि चितवनमा महाधिवेशन गर्ने निर्णय गर्यो । एकातर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामै महाधिवेशन सार्नुलाई राजनीतिक वृतमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
महाधिवेशन सफल पार्नकै लागि बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गर्नुले पनि एमालेले प्रचण्डलाई काउन्टर दिन खोजेको शंका उब्जाएको छ । तर, एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ उक्त शंका र चर्चालाई स्वीकार्न त के सुन्न पनि तयार हुनुहुन्छ ।
महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।
चितवनबाट प्रचण्डले आगामी निर्वाचनको सामनामा गर्न नसक्ने स्थिति रहेको दाबी एमालेको छ । अब चितवनमा प्रचण्डसँग बादलले नभइ बादलसँग प्रचण्डले प्रतिस्पर्धा गनुपर्ने अवस्था आउने कार्यालय सचिव तामाङ बताउनुहुन्छ ।
एमालले महाधिवेशन स्थल परिवर्तनलाई राजनीतिक चालबाजीको रूपमा अस्वीकार गरे पनि चितवन महाधिवेशन माओवादी अध्यक्ष प्रचण्डका लागि चुनौती नबन्ला भन्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्