१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

कात्तिक १२ गतेभित्र १० बुँदे सहमति पूर्ण कार्यान्वयन गर्ने

0
Shares

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्यतुीय मेसिन प्रयोग गरिने भएको छ ।

दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिका मापदण्डबारे निर्णय कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उहाँले बताउनुभयो ।

महाधिवेशनमा विभिन्न मुलकका मित्र र भाइचार पार्टी लगायत देशभित्र रहेका राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गर्ने निर्णय पनि एमालेको स्थायी कमिटी बैठकले गरेको छ ।

१० बुँदे सहमति आम रूपमा कार्यान्वयन भएको बताउँदै प्रवक्ता ज्ञवालीले एकाध ठाउँमा देखिएका समस्यालाई १२ गतेको केन्द्रीय कमिटी बैठकसम्म पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विरामी भई अस्पताल भर्ना हुनु भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्यलाभको कामना गरेको र हालै दिवंगत हुुनु भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेको एमालेले जनाएको छ ।