५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

आर्सनलका लागि २३ औं मिनेटमा थोमस पार्टी, पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा पियर एमरिक तथा ५६ औं मिनेटमा स्मिथ रोवले गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ८२ औं मिनेटमा ज्याकोब राम्सीले एक गोल फर्काए । जितपछि ९ खेलबाट १४ अंकसहित आर्सनल नवौं स्थानमा छ । १० अंकसहित एस्टन भिल्ला १३ औं स्थानमा छ ।