२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अलकायदाका वरिष्ठ नेता हमिद मारिएको अमेरिकी सेनाको दावी


0
Shares

एजेन्सी । अमेरिकाले अलकायदाका वरिष्ठ नेता मारेको दावी गरेको छ । सिरियामा ड्रोन हमलाबाट अलकायदाका वरिष्ठ नेता अब्दुल हमिद अल मतार मारिएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जोर रिग्स्बीले हमिद मारिएको पुष्टि गर्नुभयो । अमेरिकी सेनाले दक्षिणी सिरियामा रहेको आफ्नो चौकीमा आक्रमण भएको दुई दिनपछि गरेको कारवाहीमा हमिद मारिएको बताइएको छ ।

अमेरिकी सेनाले अलकायदासँग बदला लिन हमिदलाई मारिएको पनि दावी गरेको छ । गत सेप्टेम्बरदेखि अमेरिकी सेनाले पश्चिमी सिरियाको विद्रोही नियन्त्रित्र क्षेत्रमा आफ्नो कारवाहीलाई तीव्र पारेको जनाएको छ ।

सो क्षेत्रमा सञ्चालन भएको कारवाहीमा अलकायदाका अर्का नेता सलीम अबु अहमदको पनि मृत्यु भइसकेको छ । यसअघि सञ्चालन भएको हवाइ कारवाहीमा ठूलो संख्यामा विद्रोहीहरु मारिएको अमेरिकी सेनाले दावी गरेपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।