१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने


0
Shares

काठमाडौं । मुलुकभर आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसबाहेक अन्य प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।