२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बेमौसमी वर्षाले सुर्खेतमा ३६ करोड बढीे धानवालीको क्षती


0
Shares

सुर्खेत । बेमौसी वर्षतले सुर्खेतमा ३६ करोड बढीको धानवालीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संकलन गरेको प्रारम्भीक तथ्यांकअनुसार सुर्खेतमा चार दिन परेको बेमौसमी वर्षातबाट ३६ करोड २८ लाख १६ हजार बराबरको धानबालीमा क्षति पुगेको हो ।

जिल्लामा गरिएको खेतीमध्य एक हजार ३७ जनाले लगाएको तीन हजार ९९ विगाह पाँच कठ्ठाको धानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ । प्रहरीका अनुसार एक लाख ८५ हजार दुईसय ७९ बोरा काटेको धान नष्ट भएको छ ।

कृषकले काटेको धान वर्षातले वारीमा उम्रिएको र काट्न तयारी अवस्थामा रहेको धान ढल्दा कुहिएको प्रहरी तथ्यांकमा समावेश छ । प्रहरीका अनुसार वर्षाले सबैभन्दा धेरै गुर्भाकोट नगरपालिकाको मालारानी र वीरेन्द्रनगर नगरपालिकाको कृषि योग्य क्षेत्रमा क्षति पुगेको छ ।