१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुगु दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख दिइने


0
Shares

काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापनको बैठकले पीडितलाई राहत दिने निर्णय गरेको हो । बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । त्यस्तै बैठकले कोभिड–१९ का कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधि बमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ ।